शुक्रवार, २०७२ बैशाख २५ गते १९:४४

गत बैशाख १२ गतेको विनाशकारी भुकम्पमा परी पीडित भएका परिवारका लागि आकर्षण इन्टरनेशनल प्रा.लि.ले विभिन्न जिल्लामा पुगी राहत वितरण गरेको छ । आकर्षणले नुवाकोटको महाकालि, गोरखाको तान्द्राङ र सिन्धुपाल्चोकको लागर्चे गाविसमा पुगी राहत वितरण गरेको हो ।

आकर्षणका अध्यक्ष विष्णु केसीको नेतृत्वमा गएको टोलिले उक्त क्षेत्रमा राहत स्वरुप ७० क्विन्टल चामल, १५० कार्टुन चाउचाउ, १५० कार्टुन विस्कुट, ३ क्विन्टल नुन र ३० वटा पाल वितरण गरेको थियो ।

आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत सो सहयोग गरेको बताउदै आकर्षणका अध्यक्ष विष्णु केसीले भने–‘आगामी दिनहरुमा दिर्घकालिन राहत अन्र्तगत पुर्ननिर्माणमा पनि सक्दो सहयोग गर्ने उद्धेश्य राखेका छौ ।

 

भुकम्प पिडितलाई आकर्षणको सहयोग

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *